शनिबार, साउन १७, २०८२

बढ्यो पर्यटन मजदुरको पारिश्रमिक, कसको कति पुग्यो ?

 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं- नेपालमा काम गर्ने पर्यटन मजदुरुको पारिश्रमिक बढेको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार पाँच वर्षपछि यसपालि मजदुरहरूको पारिश्रमिक बढेको हो। यसअघि पर्यटन मजदुरको तलब २०७५ साल मंसिरमा बढेको थियो।

टानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बढेको पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुने बताएको छ। नयाँ पारिश्रमिक दरअनुसार अब गाइड (पथ प्रदर्शक) का रूपमा खटिने पर्यटन मजदुरले दैनिक तीन हजार एक सय रूपैयाँ पाउने छन्।

यसअघि अन्नपूर्ण क्षेत्रमा जाने गाइडको दर दुई हजार एक सय रूपैयाँ प्रतिदिन थियो। सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार दुई सय ६८ रूपैयाँ थियो।

त्यस्तै सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार आठ सय रूपैयाँ पुगेको छ। यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार १६ रूपैयाँ र सगरमाथाको दुई हजार एक सय रूपैयाँ तोकिएको थियो।

सहयोगी श्रमिक/मजदुर (पोर्टर) को पारिश्रमिक अब दिनको दुई हजार चार सय रूपैयाँ पुगेको छ। यसअघि उनीहरूको पारिश्रमिक अन्नपूर्ण क्षेत्र जाँदा एक हजार नौ सय ३२ रूपैयाँ र सगरमाथा क्षेत्रमा दुई हजार एक सय रूपैयाँ थियो।

टानको तथ्यांक अनुसार हाल मुलुकभर तीन हजारभन्दा बढी ट्रेकिङ एजेन्सी छन्। यिनमा बीस हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

प्रकाशित: Jun 20, 2023| 21:15 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्