आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश मन्त्री सिंहको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रदेश मन्त्री सिंहको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उनको श्रीमती अमृतादेवी र भाउजु जयादेवी सिंहको सवारी दुर्घटनामा निधन भएकामा प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

उनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ। आज दिउँसो बझाङको कदारस्यु गाउँपालिका–१ झारछडस्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। 

प्रकाशित: Jun 20, 2023| 20:30 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्