आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल-चीन सीमा स्तम्भ ५३-१ पुनर्स्थापना गर्ने सरकारको निर्णय 

नेपाल-चीन सीमा स्तम्भ ५३-१ पुनर्स्थापना गर्ने सरकारको निर्णय 

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- सरकारले नेपाल-चीनको सीमा स्तम्भ ५३-१ लाई पुनर्स्थापना गर्ने निर्णय गरेको छ।

National life

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्मोमास्थित सीमा चिन्ह स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्तरूपमा पुनर्स्थापना गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। 

यसअघि नाम्खामा चीनबाट नेपाली भूभाग अतिक्रमण भएको दाबी गरिएको थियो। उक्त दाबीपछि कांग्रेस नेतृत्वको सरकारले अध्ययन टोली बनाएर प्रतिवेदन नै तयार गरेको थियो। उक्त प्रतिवेदनले सीमामा समस्या रहेकोले दुबै पक्षले मिलेर संयुक्तरुपमा समाधान गरिनुपर्ने सुझाएको थियो। 

त्यसको केही समयपछि नेपाल सरकारले गोप्य राखेको एउटा अध्ययन प्रतिवेदनले चीनले नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरिएको खुलासा भएको थियो। दुई देशको सीमामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने भएकाले त्यसको संरक्षण र कूटनीतिक सम्बोधन हुनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यसबाहेक चिनियाँ पक्षले किट खोलाबाट कर्णाली नदीसम्म अवस्थित नेपाली भूभागमा तारबार लगाएकाले त्यसलाई तत्काल हटाउनुपर्ने पनि प्रतिवेदनमा भनिएको छ। उक्त प्रतिवेदनबारे नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासलाई प्रश्न राखेको भए पनि दुवै पक्षले कुनै जवाफ दिएका थिएनन्। 

Shivam cement

नेपाल-चीन सीमा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपालको बीचको अन्तर्राष्ट्रिय सीमा हो। यो १,३८९ किलोमिटर (८६३ माइल) लम्बाइमा र सर्वोच्च शिखर सगरमाथा सहितको हिमालय पर्वत शृङ्खलाको उत्तरपश्चिम-दक्षिणपूर्व दिशामा फैलिएको छ।

प्रकाशित: Jun 20, 2023| 19:58 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्