आइतबार, असार ७, २०८३

अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०
National life
Shivam cement

काबुल- अफगानिस्तानको प्रहरीले गत दुई महिनामा उत्तरी जाज्वान  प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ।

‘विगत दुई महिनामा शृङ्खलाबद्ध कारवाहीमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,’ सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए।

अवैध बालीविरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि तीन प्रान्तमा करिब ६०० एकड खेती नष्ट गरेको थियो। अफगान कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा अवैध बालीको खेती, प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए।  -सिन्ह्वा

प्रकाशित: Jun 20, 2023| 21:02 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्