आइतबार, असार ७, २०८३

नवलपरासीको नदवामा चट्याङ लागेर एक जनाको मृत्यु

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०
National life
Shivam cement

काठमाडौं- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ। 

चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

मृतक कहांर पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका ५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए। शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

प्रकाशित: Jun 20, 2023| 18:27 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्