आइतबार, असोज ५, २०८२

जिप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- बझाङमा भएको जिप दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

Kumaribank

आज दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भरत बोहोराका अनुसार मन्त्री सिंहलाई चिकित्सकले साँझ साढे ५ बजे मृत घोषित गरेका थिए।

सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।

चालक धर्मराज जोशी र सुरक्षा गार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।

Untitled-23452341687265791.jpg

Metro Mart

प्रकाशित: Jun 20, 2023| 18:03 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्