आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै

दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०
National life
Shivam cement

काठमाडौं- जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनीसहित तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो।

चालक र पीएसओको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो। बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्रीकी श्रीमती र भाउजूको भने मृत्यु भइसकेको छ।

 

प्रकाशित: Jun 20, 2023| 17:44 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्