NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिम गाडी दुर्घटना अपडेटः मन्त्री सिंहसहित चार जनाको अवस्था अचेत

सुदूरपश्चिम गाडी दुर्घटना अपडेटः मन्त्री सिंहसहित चार जनाको अवस्था अचेत

गाडीमा सवार मन्त्री सिंह, पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दीपक भण्डारी अचेत अवस्थामा रहेका छन्।
 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं– डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। गाडीमा सवार मन्त्री सिंहसहितका ५ जना घाइतेमध्ये चार जनाको अवस्था अचेत रहेको बझाङ प्रहरीले जनाएको छ।

मन्त्री सवार सुपप्र०१००१झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका धारछडा ठाउँमा दुर्घटनामा परेको हो। गाडीमा सवार मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दीपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्।

चालक धर्मराज जोशीको अवस्था भने सामान्य रहेको उनले बताइन्। सूपप्र०१–००१ झ ४८० नम्बरको उक्त गाडी दुर्घटना हुँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी १०० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

मन्त्री सिंहसहित सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहे पनि थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर जाँदै गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्।

प्रकाशित: Jun 20, 2023| 15:47 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...