NadaNada
बिहीबार, भदौ ५, २०८२

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

चिकित्सकका अनुसार पेसमेकर मुटुमाथि राखिने सानो यन्त्र हो, जसले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।
 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा शल्यक्रिया गरी मुटुमा पेसमेकर राखिएको छ। राष्ट्रपति पौडेलको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा छातीको शल्यक्रिया गरी मुटुमा पेसमेकर राखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको हो।

राष्ट्रपति पौडेलको मुटुको धड्कन अस्थिर भएपछि गत शनिबार राती अस्पताल भर्ना गरिएको थियो। चिकित्सकका अनुसार पेसमेकर मुटुमाथि राखिने सानो यन्त्र हो, जसले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

यसभन्दा पहिले राष्ट्रपति पौडेल ३० जेठमा सामान्य स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। अस्पतालमा एक दिन चिकित्सकको निगरानीमा राखेर राष्ट्रपति पौडेललाई ३१ जेठमा डिस्चार्ज गरिएको थियो। राष्ट्रपति पौडेल छाती र पेटमा समस्या देखिएपछि १८ चैतमा पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए। उपचारपछि २२ चैतमा डिस्चार्ज भएका थिए।

५ वैशाखमा फोक्सोमा समस्या आएपछि शिक्षण अस्पतालमा पुनः भर्ना गरिएका पौडेललालई छातीमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार ६ वैशाखमा थप उपचारका लागि भारत लगिएको थियो।

भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लामो उपचारपछि पौडेल १७ वैशाखमा डिस्चार्ज भई स्वदेश फर्किएका थिए।

Metro Mart

प्रकाशित: Jun 20, 2023| 15:29 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्