बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना, पाँच जना घाइते

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना, पाँच जना घाइते

मन्त्री सिँह चढेको सुपप्र०१००१झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका धारछडा ठाउँमा दुर्घटनामा परेको प्रहरीले बताएको हो।
 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं– डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। गाडीमा सवार मन्त्री सिंहसहितका ५ जना घाइते भएको बझाङ प्रहरीले जनाएको छ।

मन्त्री सवार सुपप्र०१००१झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका धारछडा ठाउँमा दुर्घटनामा परेको प्रहरीले बताएको हो। प्रहरीले दुर्घटनापछि उद्धार गरिरहेकाले थप विवरण आउन बाँकी छ।

प्रकाशित: Jun 20, 2023| 14:52 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्