आइतबार, असार ७, २०८३

बाढीले पुल बगाएपछि हेवाखोलामा बेलीब्रिज निर्माण थालियो

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०
National life
Shivam cement

ताप्लेजुङ- वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो।    

सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए। बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए। ‘केही दिनभित्रै यातायात पुनः सुरु हुन्छ’, पोखरेलले भने। 

आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतीक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।  
 

प्रकाशित: Jun 20, 2023| 14:10 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्