बिहीबार, साउन २८, २०८३

जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ छैन: लामिछाने

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नहुने बताएका छन्। चितवनको भरतपुर महानगरपालिका-१२ कालिका टोलमा आयोजित कार्यक्रममा उनले जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो हुने बताए।

उनले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ। पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्नुपर्छ।’ उनले आफ्नो आगामी पाँच वर्षमा धेरै काम गर्ने जिकिर गरे। भोट हालेको र नहालेकै आधारमा जनतालाई विभेद नगर्ने उनले प्रष्ट्याए। आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणलाई अगाडि बढाउने उनले बताए।

प्रकाशित: Jun 20, 2023| 13:35 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्