बिहीबार, साउन २८, २०८३

पछिल्लो विपद्‌बाट १० जनाको मृत्यु, २६ बेपत्ता

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- प्राकृतिक विपद्का घटनाबाट यस वर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। पछिल्लो एक  सातामा मात्रै यो क्षति भएको हो।

मंगलबार प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी दिए। ५४ वटा घर पूर्ण रूपमा क्षति भएको उनले बताए।

असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको छ। गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकका परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।

राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको उनको भनाइ छ।

प्रकाशित: Jun 20, 2023| 13:04 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्