आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अदालतबाट मुद्दा फिर्ता लिने सरकारी निवेदन अस्वीकार, नागरिक समाज र प्राध्यापक सडकमा

उपप्राध्यापक चलाउने कुटपिट प्रकरण

अदालतबाट मुद्दा फिर्ता लिने सरकारी निवेदन अस्वीकार, नागरिक समाज र प्राध्यापक सडकमा

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उपप्राध्यापक चलाउने कुट्नेविरुद्ध मुद्दा फिर्ताको सरकारी निवेदन पेशीमा नचढाई सोझै इजलासमा पेस भएको भन्दै सुनुवाइ गर्न नसकिने बताएको हो।
 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं– जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने विषयको निवेदन सुनुवाइ गर्न अस्वीकारेको छ । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेस भएको भन्दै त्यस्तो निवेदन सुनुवाइ गर्न नसकिने बताएको हो। न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेस गर्न आदेश दिएका छन्।

National life

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवेदन पेस गरेको थियो। मुद्दा फिर्ता लिने तयारी भएको सुइँको पाउनासाथ उपप्राध्यापक प्रेम चलाउनेका कानुन व्यवसायी प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए।

सडकमा निस्किए प्राध्यापक र नागरिक समाज
सत्तारुढ कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका ‘विद्यार्थी गुन्डा’बाट कुटिएका त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेलाई राज्यबाट भइरहेको अन्यायविरुद्ध न्याय माग्दै त्रिविका प्राध्यापक र  नागरिक समाज सडकमा निस्किएका छन्।

विरोध प्रदर्शनमा सहभागीले विश्वविद्यालयलाई राजनीतिक थलो बनाउन पाइँदैन, विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर, अपराधको राजनीतिकरण गर्न पाइँदैनलगायतका  प्लेकार्ड र ब्यानर बोकेका छन्।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघ समर्थित विद्यार्थीविरुद्ध ज्यान मार्ने उद्योगमा कारबाही चलिरहेका बेला २९ जेठको मन्त्रिपरिषद् बैठकले सजाय माफीको निर्णय गरेको थियो। उक्त निर्णयलाई अमान्य घोषणा गर्दै मंगलबार बिहान काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउनेमाथि प्रहरीले अभद्र व्यवहार गर्नुका साथै पक्राउ गरेर बेलुकी अबेर छाडिदिएको थियो।

Shivam cement

उपप्राध्यायक चलाउनेले न्याय माग्दा उल्टै प्रहरीले पक्राउ गरेपछि नागरिक समाजका सदस्य र प्राध्यापक आन्दोलित भएका हुन्। चलाउनेलाई २० असोज २०७७ मा नेविसंघ कार्यकर्ताले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए। त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुने गरी कुटेको थियो।

आफूलाई कुटपिट गर्नेमाथि उपप्राध्यापक चलाउनेले अदालतमा ज्यान मार्ने उद्योगसम्बन्धी रिट दर्ता गराएपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।

नेविसंघ कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि सरकार आलोचित भएको छ। मंगलबार बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छ।

आफूलाई कुट्ने गुन्डाविरुद्धको ज्यान मार्ने मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार बेलुकीदेखि अनशन सुरु गरिसकेका छन्।

 

प्रकाशित: Jun 20, 2023| 12:38 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्