आइतबार, असार ७, २०८३

धरानकै मोडलमा आइपुग्यो रामनगरमा खानेपानी

भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले श्रमदानको सुरुआत गरेका थिए। उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ।
 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

भरतपुर- चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ। भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन्। उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए। 

National life

भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले श्रमदानको सुरुआत गरेका थिए। उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ।

आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ। स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताए। उनले नियमितरूपमा श्रमदानमा खटिएको समेत बताए।  स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताए। उनले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताए। 

विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो। त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए। जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो। द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो। अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो।

रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताए। खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उनको भनाइ छ। 

Shivam cement

त्यतिखेर जाइकाले निर्माण गरेकै ट्याङ्कीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीयसचिव प्रकाश सिग्देलले जानकारी दिए। ‘भुइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो। त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो’, उनले भने, ‘मुहान र बीचको ट्याङ्की प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ।’ रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करिब चार हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करिब दुई हजार पाँच सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए। ‘त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ’, उनले भने, ‘वडा नं १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ।’ यसले भरतपुर महानगरपालिकाभित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उनले बताए।

श्रमदानबाट खानेपानी ल्याउन करिब एक करोड खर्च भएको जनाइएको छ। आठ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्याङ्की मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब रु एक करोड खर्च भएको उनले बताए। ‘यी सबै खर्च जनस्तरबाटै सङ्कलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौँ’, उनले भने, ‘यहाँका जनताले आफैँ खुसी भएर सहयोग गरेका छन्।’ 

प्रकाशित: Jun 20, 2023| 10:41 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्