आइतबार, असार ७, २०८३

कोसी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- कोसी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहजेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। १३ जुनमा पूर्वबाट भित्रिएको मनसुन देशभर फैलिने क्रममा छ।

प्रकाशित: Jun 20, 2023| 06:47 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्