आइतबार, असार ७, २०८३

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

National life

जसका कारण अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

काठमाडौँ उपत्यकामा अहिले हावा–हुरीसहित हल्का वर्षा भएको छ। रातिको समयमा पनि काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भएर यो सिस्टम अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ।

तुलनात्मक रुपमा बढी वर्षा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भइरहेको छ। साथसाथै कोशी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा भइरहेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित: Jun 19, 2023| 22:16 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्