आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार

सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०
National life
Shivam cement

ढोरपाटन- बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लगिएको हो।

सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएका थिए। स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाले जानकारी दिए। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो।  

सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको थापाको भनाइ छ। उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने हुँदा पोखरा पठाइएको थापाले बताए। ‘उहाँलाई यही सुत्केरी गराउन आवश्यक जनशक्ति र उपकरण छैन, लामो समयदेखि व्यथा लागे पनि बच्चा जन्मन नसक्दा आमा र बच्चा दुवैको ज्यान खतरामा हुने हुँदा पोखरा पठाएका हौँ’, प्रमुख थापाले भने, ‘यही शल्यक्रिया गर्ने भनेका थियौँ तर जटिल बन्दै गएपछि तत्काल हेलिकप्टर माग गरेर पठयौँ।’

प्रकाशित: Jun 19, 2023| 20:55 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्