NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बिहार र उत्तर प्रदेशमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ९८ पुग्यो

बिहार र उत्तर प्रदेशमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ९८ पुग्यो

 |  सोमबार, असार ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

vianetvianet

नयाँ दिल्ली- भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्।

गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेको बताइएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्यांकअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो। यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो।

उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो। बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको थियो। बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो।”

यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको उनले बताए। गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए।

Metro Mart

जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पंखा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ। बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको संख्या बढी रहेको छ।
- रासस

 

प्रकाशित: Jun 19, 2023| 16:59 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्