आइतबार, असार ७, २०८३

तीन नदीमा तीन दिनसम्म पानीको बहाव बढ्ने

सडक, पुल तथा हाइड्रोपावरमा गरी अर्बौंको आर्थिक क्षति भएको छ। जोखिम अझै टरेको छैन।
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका तीन जिल्लामा ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म ८ जनाको शव भेटिएको छ भने  २८ जना अझै बेपत्ता छन्।

National life

सडक, पुल तथा हाइड्रोपावरमा गरी अर्बौंको आर्थिक क्षति भएको छ। जोखिम अझै टरेको छैन। ठूला नदीहरूमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीको चतरा क्षेत्र, तमोरको त्रिवेणी, अरुणको सिम्लेमा तीन दिनसम्म पानीको बहाव उल्लेख्य बढ्नेछ।

यस्तै दूधकोशीको रबुवाबजार, तामोकोशीको बुस्ती र सुनकोशीको हम्पचुवारमा नदीको बहाव सामान्य बढ्ने पूर्वानुमान शाखाले जनाएको छ। महाशाखाले आज बिहान गरेको पूर्वानुमानअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ। काबेली नदीमा भने जल सतह सतर्कता तह आसपासमा रहेको जनाइएको छ।

आज ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बग्ने केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। भोलि पनि ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र आसपासका जिल्लाहरुको केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ।

बुधबार पनि कोशी प्रदेशको मध्य पहाडी र तराईका स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम रहेको पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले तमोर र कनकाई नदीको जल सतह सतर्कता आसपास रहन सक्ने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Shivam cement

प्रकाशित: Jun 19, 2023| 16:17 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्