आइतबार, असार ७, २०८३

रवि लामिछानेको क्षेत्रमा पनि आयो खानेपानी

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा घोषणा गरेअनुसार खानेपानी ल्याएका छन्। सो क्षेत्रका रामनगर, ठिमुरा, देवघाट, जुगेडी र भतेरीका उपभोक्ताका लागि  खानेपानीको व्यवस्था गरिएको उनले बताएका छन्।

National life

फेसबुकमा उनले लेखेका छन्, 'पानी आयो.......। पानी आयो त्यो पनि  घोषणा गरेअनुसार १०० दिन नपुग्दै। औपचारिक उद्घाटन भोलि। ७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नुहुने सम्पूर्णको जय होस्।'

हालैमात्र ४० किलोमिटर टाढा कोकाहा खोलाबाट खानेपानी ल्याएर धरान उपमहानगरका मेयर हर्क साम्पाङले प्रशंसा पाइरहेका छन्।

प्रकाशित: Jun 19, 2023| 16:02 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्