काठमाडौं–बाढीपहिरो प्रभावित क्षेत्र अवलोकनका लागि संखुवासभाबाट ताप्लेजुङ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टरलाई विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
ताप्लेजुङतर्फ जाने क्रममा मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थल अवतरण गरिएको हो।
हेलिकोप्टरमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई, पाँचथरका सांसद वसन्त नेम्बाङ, प्रधानसेनापति प्रभुराम शर्मालगायतको टोली बाढीपहिरोबाट भएको प्रभावको स्थलगत निरीक्षण गर्न दिउँसो संखुुवासभा पुगेको थियो ।
हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण भएपछि मौसम सुध्रिए पनि प्रधानमन्त्रीसहितको टोली काठमाडौं फर्किने बताइएको छ। प्रधानमन्त्री प्रचण्ड बाढी प्रभावित ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने तालिका थियो।