आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोशी बाढीपहिरो अपडेट: ज्यान गुमाउनेको संख्या ८ पुग्यो, २८ बेपत्ता

कोशी बाढीपहिरो अपडेट: ज्यान गुमाउनेको संख्या ८ पुग्यो, २८ बेपत्ता

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- कोशी प्रदेशका पहाडी जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। शनिबार रातिदेखिको वर्षापछि आएको बाढी-पहिरोमा संखुवासभा, ताप्लेजुङ र पाँचथरका आठजनाको मृत्यु भएको हो।

National life

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एकजनाको मृत्यु भएको छ। तीमध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या पाँच छ।

मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ ८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका ९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ ४ की ९ वर्षीया जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, पाँचथरकै २५ वर्षीया एलिसा माझी छन‍्। यस्तै ताप्लेजुङ फिदिङ्वा ६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन्। हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन्। उनीहरुको खोजी जारी छ। बाढीपहिरोबाट दर्जनौं घर क्षतिग्रस्त भएका छन्। सडक, पुललगायत संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ। निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत आयोजनामा क्षति पुगेको छ।

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ। याङ्बरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कोशी प्रदेशका बाढीपहिरो प्रभावित जिल्लाको निरीक्षण गरेका छन्। प्रधामन्त्रीसँगै गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री तथा सम्बन्धित जिल्लामा सांसद पनि निरीक्षणमा गएका छन्।

Shivam cement

प्रकाशित: Jun 19, 2023| 14:26 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्