काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपमहानगरमा आदिपुरुष फिल्म प्रदर्शन नगर्न निर्देशन दिएका छन्। उक्त फिल्मको एउटा संवादलाई लिएर देशभर विरोध सुरु भएपछि उनले प्रदर्शनमा रोक लगाएका हुन्।
काठमाडौं महानगर र पोखरा महानगरले पनि आदिपुरुषलाई प्रतिबन्ध लगाइसकेका छन्। आदिपुरुष फिल्ममा जानकी भारतीय छोरी हुन् भन्ने डाइलग रहेको भन्दै विरोध भएको हो।