NadaNada
बिहीबार, भदौ ५, २०८२

विभिन्न स्थानमा ९ जना मृत फेला

 |  सोमबार, असार ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

vianetvianet

पर्सा, वीरगंज महानगरपालिका-८ बाईपास रोडस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-११ उत्तरगंगा नदीमा सोही गाउँपालिका-१० घुम्लिवाङ बस्ने ७३ वर्षीय सूर्य बुढा आइतबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुली, तिनपाटन गाउँपालिका-२ डडुवा बस्ने ५८ वर्षीय साने भन्ने सोम बहादुर दमाई सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही, बुटवल उपमहानगरपालिका-७ शिवनगरस्थित सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-३ पशुपति मार्गमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

Metro Mart

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदीस्थित सार्बजनिक सौचालय अगाडी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

पाँचथर, कुम्मायक गाउँपालिका-५ लुरिपा दोभानस्थित तमोर नदिको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

धनकुटा, छथरजोरपाटी गाउँपालिका-४ तेलियास्थित तमोर नदिको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला आइतबार मृत अवस्था फेला परेकी छिन्।

कैलाली, गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

प्रकाशित: Jun 19, 2023| 14:01 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्