आइतबार, असार ७, २०८३

पाँचथर पहिरोः हेलिकोप्टरबाट १२ जनाको उद्धार

शनिबार रातीदेखि घर रहेको स्थानको चारैतर्फ पहिरो आएपछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन्। 
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

पाँचथर– पाँचथरको याङबरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ।

National life

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातीदेखि पहिरोमा फसेका थिए। घर रहेको स्थानको चारैतर्फ पहिरो आएपछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन्। पीडित रातीदेखि नै उद्धारको पर्खाइमा थिए। 

हेलिकोप्टरमा उद्धार गरिएकामा ६० वर्षीया नरमाया गुरुङ, १६ वर्षीय सन्दीप गुरुङ, ९ वर्षीया हिमा गुरुङ, ८० वर्षीय कृष्णबहादुर गुरुङ, ६० वर्षीया डिकमाया गुरुङ, ३५ वर्षीय काजुहाङ गुरुङ, ३० वर्षीया सुनिता गुरुङ रहेका छन्।

यस्तै, ४३ वर्षीय मनबहादुर गुरुङ, ४४ वर्षीया मनकुमारी गुरुङ, १६ वर्षीया सुष्मा गुरुङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन्। उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए।

प्रकाशित: Jun 19, 2023| 13:59 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्