आइतबार, असार ७, २०८३

मेहेले पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारमा छोराको मृत्यु र बाबु बेपत्ता भएका हुन्। 
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

ताप्लेजुङ– ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन्।

National life

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको जानकारी दिए। 

त्यस्तै, सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको प्रहरी निरीक्षक कार्कीले बताए। वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजीमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाको भनाइ छ। उनका अनुसार पहिरोमा गम्भीर घाइते भएका राजकुमार राईलाई उपचारमा लैजानसमेत समस्या भइरहेको छ। 

ओढारमा बसेका तीन जनाको सम्पर्क

ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्। बाढीपहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।

Shivam cement

निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्नुपरेको हो। गत सोमबार घरदेखि झन्डै एक दिनको पैदलमा रहेको गाग्रे स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। 

बसेको ठाउँमा याक्साको छेउबाट पहिरो गएपछि ओढारमा बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।
उनीहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्ष तामाङले जानकारी दिए।

उनले भने, ‘बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी केही छिनमा रोक्ने, केही छिनमै पर्ने क्रम चलिरहेको छ।’ सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइ छ। आज स्थानीय र प्रहरी उद्धारका लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए। 

उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जानकारी दिए।

पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। सोही पहिरोमा परी घाइते भएका सुरेश राईको मृत्यु भएको छ।

स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ। पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए। 

यीमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए। मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा पहिरोले ६ घर बगाएको छ।

प्रकाशित: Jun 19, 2023| 12:48 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्