आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाढीपहिरो प्रभावित स्थल अवलोकनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

बाढीपहिरो प्रभावित स्थल अवलोकनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड पाँचथर, ताप्लेजुङ र संखुवासभाको बाढीपहिरो प्रभावित स्थल अवलोकनका लागि काठमाडौंबाट उडेका हुन्।
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्लामा शनिबार राती अविरल वर्षपछि आएको बाढीपहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न प्रभावित स्थल अवलोकन भ्रमणमा निस्किएका छन्।

National life

प्रचण्ड पाँचथर, ताप्लेजुङ र संखुवासभाको बाढीपहिरो प्रभावित स्थल अवलोकनका लागि काठमाडौंबाट उडेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताए।

बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई आज बिहान बालुवाटारमा भेटेर उद्धार, राहतमा थप सक्रिय भइदिन आग्रह गरेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सबै सरकारी संयन्त्र परिचालित हुने आश्वास दिएका थिए।

प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित स्थल अवलोकनमा जाने भएपछि चार दलको एकै ठाउँ अडिने गरी बन्ने भनिएको समाजवादी मोर्चा घोषणा कार्यक्रम एक घन्टालाई पछि सरेको छ। ३ बजेलाई तय गरिएको कार्यक्रम ४ बजेलाई सारिएको छ। बढीपहिरोबाट हालसम्म ५ जनाको मृत्यु र २९  बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।

प्रकाशित: Jun 19, 2023| 12:05 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्