आइतबार, असार ७, २०८३

कर्णाली नदीमा खस्यो जिप

जिपमा सवार १३ यात्रु उकालोका कारण ओर्लिएर चालकले चलाएको जिप कर्णालीमा खसेको हो।
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भीरबाट जिप कर्णाली नदीमा खसेको छ।

National life

आज बिहान  हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए।

जीपमा चालकसहित १३  सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो। उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भए पनि सख्त घाइते भएको प्रहरीले जनाएको छ। उकालोमा जिपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए। 

प्रकाशित: Jun 19, 2023| 10:47 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्