बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • खोलामा फोहोर फाल्नेलाई ललितपुर महानगरले तिरायो ५० हजार जरिवाना

खोलामा फोहोर फाल्नेलाई ललितपुर महानगरले तिरायो ५० हजार जरिवाना

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

ललितपुर- काठमाडौँका विभिन्न स्थानबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको फोहोर ललितपुरको खोलामा मिसाएको भन्दै ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ। सेफ्टी ट्यांकी सफा गरेर ल्याएको फोहोर ललितपुरको क्षेत्रमा पर्ने खोलामा मिसाएको भेटेपछि महानगरले जरिवाना गराएको हो। 

गत जेठ २५ गते ललितपुर महानगरले धोबीखोला क्षेत्रमा रहेको करिडोरबाट खोलामा दिसापिसाबसहितको फोहोर फाल्दै गरेको अवस्थामा दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका सवारीसाधनलाई प्रति सवारीसाधन ५० हजार जरिवाना तिराएको हो।

काठमाडौँका विभिन्न क्षेत्रबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको फोहोर ललितपुरको च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको स्थान भित्रबाट धोबीखोला फाल्ने गरेको पाइएको थियो। अनुगमनका क्रममा महानगर प्रहरीले बा ३ ख २८० र बा३ख ९४०३ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो।


 

प्रकाशित: Jun 19, 2023| 08:33 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्