बिहीबार, साउन २८, २०८३

पाँचथर पहिरो: नौ घर बग्दा एकको शव फेला, तीनजना बेपत्ता

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

वर्षासँगै शनिबार रातिको बाढी र पहिराबाट ताप्लेजुङमा एकको निधन भएको छ भने तीन अझै बेपत्ता छन्।

शनिबार रातिदेखि बेपत्ता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ३१ वर्षीय गणेश तामाङको शव आज दिउँसो फेला परेको छ। मेहेलेकै यादव बुढाक्षेत्रीको घर पहिराले बगाउँदा बेपत्ता बनेका यादव पत्नी भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।
 
आज प्रहरीद्वारा सङ्कलित क्षतिको प्रारम्भिक विवरणअनुसार सिदिङ्वा गाउँपालिकाका–६ सहित नौ वटा घर बाढी र पहिराले पूर्णरूपमा बगाएको छ। सिरीजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन र मैवाखोला गाउँपालिका–४ मा एक–एक वटा घर बगेका छन्। यसैगरी ५१ घर जोखिममा रहेका छन्।
 
सिरीजङ्घा, सिदिङ्वा र मैवाखोलामा एक–एक गरी तीन मोटरेबल पुल बाढीले क्षतिग्रस्त बनाएको छ। जिल्लाका विभिन्न खोलामाथि रहेका पाँच वटा झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको छ। सात सरकारी कार्यालय, दुई हाइड्रोपावर, एउटा क्रसर उद्योगमा बाढीपहिराले क्षति पुगेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। यहाँस्थित विभिन्न पाँच सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्। एउटा कुखुरा फर्म र एक विद्यालयमा क्षति पुगेको जनाइएको छ।
 
जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी मैवाखोलाका २१ घर जोखिममा छन् भने सिदिङ्वा गाउँपालिका–६ का २० घर जोखिममा रहेका छन्। पीडित परिवारको उद्धार र राहतका लागि विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय तह, तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी, रेडक्रसलगायतका सङ्घसस्था जुटेका छन्।

प्राय बाढी पहिरोग्रस्त गाउँका विद्युत् संरचनामा क्षति पुग्दा गाउँघर अन्धकारमय बनेका छन् भने आन्तरिक र बाह्य यातायात ठप्प छ। शनिबार राति ताप्लेजुङमा ४७ दशमलव पाँच मिलिमिटर वर्षा भएको थियो। बिहानदेखि साँझसम्म वर्षा रोकिए पनि साँझदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ। 
 

प्रकाशित: Jun 19, 2023| 07:12 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्