बुधबार, फागुन २७, २०८२

बेथानचोकका तीन वडाका बालबालिका शिक्षाको पहुँचमा

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

बनेपा- काभ्रेपलाञ्चोकका बेथानचोक गाउँपालिकाले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा’ कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमअन्तर्गत वडा नं ३, ४ र ६ का सबै बालबालिका शिक्षाको पहुँचभित्र परेका छन्।

National life

छ वडा रहेको पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा’ गर्ने अभियानअन्तर्गत हाल तीन वडामा उक्त कार्यक्रम सम्पन्न भएको हो। विद्यालय बाहिर रहेका चार वर्ष पूरा भई १३ वर्षभित्रका बालबालिकाको वैयक्तिक विवरण संकलन गरी उनीहरुलाई शिक्षाको पहुँचभित्र ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए। उनका अनुसार हाल वडा नं ३ को ढुङखर्क, वडा नं ४ को चलालगणेशस्थान र वडा नं ६ को च्यासिङखर्कमा उक्त अभियान सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष अधिकारीले शिक्षा नैसर्गिक अधिकार भएकाले कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताए। उनले शिक्षामा सबैको पहुँच पुर्‍याउने र सहज एवं समतामूलक शिक्षा सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउँदै पालिकाभित्रका सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले अभियान सञ्चालन चुनौतीपूर्ण भए पनि अभियानले मूर्त रुप लिने बताएका छन्। अनिवार्य शिक्षाअन्तर्गत राज्यले बालबालिकालाई निःशुल्क पोसाक, निःशुल्क पाठ्यपुस्तक, परीक्षा, भर्नालगायत सम्पूर्ण शैक्षिक क्रियाकलाप निःशुल्क गरेको अवस्थामा विद्यालय जाने उमेरका बालबालिका अझै पनि शिक्षाको पहुँच बाहिर हुनु दुःखद भएको बताए। 

शिक्षा सबैको अधिकार भएकाले सबैलाई समान शिक्षा दिने उद्देश्यले अभियान सञ्चालन गरिएको राईको भनाइ थियो। ‘अन्तर्राष्ट्रिय मान्यता अनुसार चार वर्ष पूरा भएका विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउने, उनीहरूलाई विद्यालय छाड्न नदिने, विद्यालयमा टिकाउन अनिवार्य शिक्षाअन्तर्गत गर्नुपर्ने सम्पूर्ण लगानीमा राज्यको दायित्व भएकाले सोही अनुरुप गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको छ’, उनले भने।

Laxmi sunrise bank
kumari

अभियानका क्रममा विद्यालय भर्ना नभएका, अपांगता भएका, अभिभावकविहीन, आर्थिक अवस्था कमजोर भएका वा अन्य कुनै कारणले हालसम्म विद्यालयको हाताभित्रमा नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि घर–घर गई घुम्ती शिक्षकमार्फत विद्यालय ल्याउन पहल गरिएको शिक्षा शाखा प्रमुख राईले जानकारी दिए।

वडा समितिको निर्णय र वडा अध्यक्षको प्रस्तावमा अभियान सञ्चालन गरिएको थियो। वडा नं ६ लाई बिहीबार बसेको वडा समिति बैठकको निर्णयले असार १ गते लागू हुने गरी ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा’ गरेको वडा अध्यक्ष विष्णु तामाङले बताए। 

वडा नं ३ का पाँच सय ५० घरधुरीका बालबालिकाको वैयक्तिक विवरण संकलन गर्दा वडाभित्रका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको पाइएपछि जेठ २६ गते ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा’ गरिएको थियो।

वडा नं ४ मा एक हजार ४६ घरधुरीका बालबालिकाको विवरण संकलन  गर्दा तोकिएको उमेर समूहका विद्यालय बाहिर कोही पनि बालबालिका नरहेको पाइएपछि वडा समितिको प्रस्तावमा जेठ २९ गते अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएको थियो। 

वडा नं १ मा सबै प्रक्रिया पूरा भइसकेकाले छ भने वडा नं २ र ५ मा पनि बालबालिकाको विवरण संकलनका लागि तयारी भइरहेको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।

प्रकाशित: Jun 18, 2023| 22:03 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्