NadaNada
बिहीबार, भदौ ५, २०८२

सोमबारदेखि काठमाडौं महानगरमा हिन्दी फिल्म प्रदर्शन निषेध

मेयर बालेनले चलचित्र आदिपुरुषमा समावेश भएको 'जानकी भारतीय छोरी हुन्' भन्ने आपत्तिजनक सन्देश हटाउन  तीन दिनको समय दिएको र उक्त तीन दिनमा नहटाएको भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।  
 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले भोली सोमबार देखि काठमाडौंभित्र भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका हुन्।  

उनले चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन  ३ दिनको समय दिएको र उक्त ३ दिनमा नहटाएको भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।  

उनले लेखेका छन्, 'काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ।'

 

Metro Mart

बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचारसमेत गरेका थिए। मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन।

आदिपुरुषका लेखक मनोज मुन्तशिरले  आजतक टिभीमा अन्तर्वार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिएका छन्। उनले चलचित्रमा आफ्नो तर्फबाट भएको कमजोरी स्वीकार गरेका छैनन्। अन्तर्वार्तामा उनले भनेका छन्, ‘भारत र नेपाल अलग देश हुन् तर अलग राष्ट्र होइनन्। नेपाल १९०३ सम्म भारतकै हिस्सा थियो। जानकी भारतकै छोरी हुन्।’

नेपालको सेन्सर बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो। अहिले काठमाडौं लगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ।

संसद्‍मा पनि चर्चा
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादले संसद्‍मा समेत प्रवेश पाएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराए।

फिल्ममा समावेश गरिएको संवादले नेपालीको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि आक्रमण गरेको भन्दै सांसद शाहले काठमाडौंका मेयर बालेनको अभिव्यक्तिको समर्थन गरे। ‘परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रुपमा लिनुपर्छ। नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरु भावनात्मक नै किन नहुन् सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वाभाविक हो,’ उनले भने।
शाह फिल्म निर्देशक तथा कलाकारसमेत हुन्।

नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भारतले पछिल्लो समय ‘आदिपुरुष’ सिनेमामार्फत ‘सीता भारतकी छोरी’ भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको बताए। यसबारे स्पष्ट हुन उनले सरकारलाई आग्रह पनि गरे। उनले भने, '...अहिले फेरि यो आदिपुरुष सिनेमाको नाममा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन, त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन्। नेपाल सरकार के गर्दैछ?'

प्रकाशित: Jun 18, 2023| 17:01 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्