आइतबार, असार ७, २०८३

प्रधानमन्त्रीको रोहवरमा मिल्यो एनआरएनएको विवाद

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- पूर्वअध्यक्ष शेष घलेद्वरा गठित गैरआवासीय नेपाली संघको विनोद कुँवर समूह विघटन गरिएको छ।

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व अर्थमन्त्री जनार्दन शर्मा र संघका कार्यकारी अध्यक्ष बद्री केसीको उपस्थितिमा आइतबार बालुवाटारमा आयोजिक एक कार्यक्रमबीच भएको सहमतिमा सो समूहले पूर्वपदाधिकारीको हैसियत पाउने गरी समिति विघटन गरिएको हो।

सहमतिपत्रमा संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र अर्को समूहबाट जानकी गुरुङले हस्ताक्षर गरेका छन्। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले सहमतिले संघभित्र उत्साह थपिएको बताए। उनले पछिल्लो सहमतिले ११ औं महाधिवेशन सहमतिमा हुने सुनिश्चित भएको बताए। उनले सहमतिलाई पूर्णरुपमा पालना गर्न सबै पक्षलाई सहयोगको लागि आग्रह गरे।

सहमतिपछि क्षेत्री र गुरुङले विज्ञप्ति जारी गर्दै १० औं महाधिवेशनपछि दुईतिर अलग अलग क्रियाकलाप र एक अर्कामा आरोप प्रत्यारोपण गर्दै हिँडेको एनआरएनए अन्ततः एक ठाउँमा आएको जनाएका छन्। गैरआवासीय नेपाली संघको ११ औं महाधिवेन आगामी अक्टोबरमा हुँदैछ।

प्रकाशित: Jun 18, 2023| 13:50 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्