NadaNada
बिहीबार, भदौ ५, २०८२

संखुवासभा बाढी अपडेट: बेपत्ताको संख्या २१ पुग्यो

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ। बाढीले बगाउँदा पाँचखपन-९ का सन्तोष राईको मृत्यु भएको छ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन्। त्यसैगरी सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन्।

आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना भने प्रहरीको सम्पर्कमा आएका छन्। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको हो।

 

प्रकाशित: Jun 18, 2023| 13:32 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्