आइतबार, असार ७, २०८३

राष्ट्रपति पौडेलको मुटुको चाल निगरानीमा

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालको निगरानी भइरहेको अस्पतालले जनाएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो।

National life

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको उल्लेख छ। राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो।

राष्ट्रपति पौडेलले गत वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए।

Shivam cement

प्रकाशित: Jun 18, 2023| 11:54 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्