बिहीबार, साउन २८, २०८३

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

राजविराज- मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन्।

शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव, सहसचिवमा ललिता झा रकोषाध्यक्षमा शोभिता दास चयन भएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिए। निर्वाचनमा आठ सय १८ मतदातामध्ये चार सय ७८ जनाले मतदान गरेका थिए।

प्रकाशित: Jun 18, 2023| 09:30 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्