NadaNada
बिहीबार, भदौ ५, २०८२

पाँचथरमा बाढी, ६ जनाको अवस्था अज्ञात

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन्। हेवा खोलामा आएको बाढीमा फिदिम र फालेलुङका ६ जना बेपत्ता भएका छन्।

हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारीले बताएका छन्।

त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। उनीहरुको पहिचान खुलेको छैन।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल पनि बगाएको छ।

यस्तै, याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Metro Mart

प्रकाशित: Jun 18, 2023| 07:37 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्