NadaNada
बिहीबार, भदौ ५, २०८२

खाणबारे निर्णय गर्न सभापति देउवाको पर्खाइ

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्ने-नगर्ने निर्णय सभापति शेरबहादुर देउवा स्वदेश फर्केपछि गर्ने भएको छ। देउवा अहिले उपचारका लागि सिंगापुर गएका छन्। उनी असार ७ गते स्वदेश फर्किने र त्यसपछिमात्रै यसबारे छलफल हुने बताइएको छ।
देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका त छन् तर विषय अलि गम्भीर भएकाले सभापतिसहित बसेर नै निर्णय गर्ने निष्कर्षमा नेताहरु पुगेका छन्। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी गत वैशाख २७ मा पक्राउ परेका थिए। पक्राउ पर्नेबित्तिकै खाणलई पार्टीबाट निलम्बन गर्नुपर्ने आवाज चर्को रुपमा उठेको थियो। उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यो पक्षमा छन्। तर सभापतिसहित बहुसंख्यक नेताहरुले निलम्बन गर्न नहुने अडान लिएपछि कांग्रेसले कुनै निर्णय लिएको थिएन। 

खाण थुनामा पठाइएपछि भने उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा कांग्रेसको कुनै धारणा आएको छैन। सोही प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई भने एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ। शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएपछि रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ।

प्रकाशित: Jun 18, 2023| 07:07 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्