आइतबार, असार ७, २०८३

रौतहटमा करेन्ट लागेर दुईजनाको ज्यान गयो

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर शनिबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

National life

बौधिमाई नगरपालिका ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत् जडान गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। स्थानीय अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेको थियो। साहलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा सितावी पण्डितलाई पनि करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित: Jun 17, 2023| 17:54 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्