NadaNada
बिहीबार, भदौ ५, २०८२

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पर्वतको जलजला गाउँपालिका-८ फर्सेस्थित सडकमा ग.१ ख ५६५७ नम्बरको बस र ग.१३ प ६४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी बेनी नगरपालिका-९ बस्ने २० वर्षीया सुशिला श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागिरी अञ्चल अस्पताल बागलुङ हुँदै ग्रेन्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-१० नगवास्थित सडकमा लु.७४ प ४४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने तोयानाथ गौतमको छोरा १० वर्षीय सचिन गौतमको शुक्रबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पिपरा अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको कञ्चन गाउँपालिका-४ म्याग्दी चोकमा सोही ठाउँ बस्ने जुनु बरालले चलाएको लु.८६ प ९७१६ नम्बरको स्कुटरबाट खसेर उनकै छोरा ८ वर्षीय श्रवण बरालको शुक्रबार राति मृत्यु भएको छ। स्कुटरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

स्याङजाको पुतलीबजार नगरपालिका-१० बरजास्थित सडकमा राङखोलाबाट स्याङजा बजारतर्फ जाँदै गरेको बा.१५ च १७०९ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका-४ दार्सिङ  बस्ने चापाकोट नगरपालिकाका पूर्व मेयर ६० वर्षीय शिब गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Metro Mart

कैलालीको गोदावरी नगरपालिका-४ खैरेनास्थित सडकमा प्रदेश ३ ०१-०२४ च ५१४८ नम्बरको जिपले से.३ प ८९२५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक डोटी शिखर नगरपालिका-९ बस्ने ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Jun 17, 2023| 17:03 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्