बुधबार, फागुन २७, २०८२

सामुदायिक विद्यालय बन्द गर्ने जोसुकैमाथि कारबाही : मेयर बालेन

सरकारसँग विभिन्न माग राखी आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेपछि मेयर साहले यस्तो चेतावनी दिएका हुन्। 
 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले सामुदायिक विद्यालय बन्द गर्ने शिक्षक, कर्मचारी जोसुकैमाथि कारबाहीको चेतावनी दिएका छन्।

National life

सरकारसँग विभिन्न माग राखी आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेपछि मेयर साहले यस्तो चेतावनी दिएका हुन्। 

परिषद्ले माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले बन्दसहितका आन्दोलन घोषणा गरेका बेला मेयर साहले कारबाही गरिने बताएका हुन्। सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरको ध्यानाकर्षण भएको उनको भनाइ छ।

काठमाडौं महानगरका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने कुनै संस्था वा कर्मचारीलाई कारबाही गरिने मेयर बालेन स्पष्ट पारेका छन्। उनका अनुसार विद्यालयमा शिक्षक वा कर्मचारी अनुपस्थित भए महानगर शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ भने विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभए एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पु¥याउने काम भए महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ। 

कुनै संस्थाले बल प्रयोग गरी बन्द गरे नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ र  काठमाडौं महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुनबमोजिम कारबाही गरिनेछ।

Laxmi sunrise bank
kumari

सरकारको गत ११ फागुन २०६८ को निर्णयअनुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएकाले कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप गर्न नपाइने प्रावधान रहेको मेयर बालेन सम्झाएका छन्।

उनले काठमाडौं महानगरका सबै सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रकाशित: Jun 17, 2023| 14:24 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्