शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गृहमन्त्री नारायणकाजीसँग चिकित्सकले मागे सुरक्षा 

उपचारका क्रममा तलमाथि भए बिरामीले गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड हुन थालेपछि चिकित्सकले गृहमन्त्री गुहारेका हुन्। 
 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं– नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षा व्यवस्था गर्न माग गरेको छ।

himalayan bank box

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोडजस्ता घटना बढेको उल्लेख गर्दै संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षा प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। 

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन, २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ। राज्यका तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा उल्लेख छ। 

ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको उल्लेख गर्दै संघले आपत्ति जनाएको छ। 

गत मंगलबार उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको छ। 

Metro Mart
vianet

यस्तै, अन्य अस्पतालमा भएका घटनाप्रतिसमेत संघले ध्यानाकर्षण गराएको छ। संघ अध्यक्ष डा. अनिलविक्रम कार्कीले भने, ‘नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको अवस्था छ।’ 

उपचार प्रक्रियामा चित्त नबुझा अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्ने क्रम बढेको उल्लेख गर्दै संघले आपत्ति जनाएको छ।

प्रकाशित: Jun 17, 2023| 13:45 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्