आइतबार, वैशाख २७, २०८३

त्रिवि शिक्षण अस्पतालको बुलेटिनः राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालमा विज्ञप्तिमा उल्लेख।
 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बुलेटिनमार्फत जनाएको छ।

National life

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. रत्नमणि गजुरेलले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन्।

राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले बिहानै त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको विज्ञप्तिमा भनिएको छ।

शीतलनिवास राष्ट्रपतिको सचिवालयका अनुसार  मुटुमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो। राष्ट्रपति पौडेललाई यतिबेला चिकित्सकको निगरानीमा राखिएको छ।

मंगलबार मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल एन्जियोग्राम गरेपछि बुधबार डिस्चार्ज भएका थिए। यसअघि भारतमा एक महिना स्वास्थ्योपचार गरी स्वदेश फर्किएका हुन्।

प्रकाशित: Jun 17, 2023| 11:25 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्