काठमाडौं- लुभुबाट लगनखेल आउँदै गरेको बस ललितपुरको इमाडोलमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए।