बुधबार, फागुन २७, २०८२

नेपालमा पहिलो पटक देखियो मंकीपक्स

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं- नेपालमा पहिलो पटक एमपक्स अर्थात् मंकीपक्सको संक्रमण देखिएको छ।

National life

एक जनामा एमपक्सको लक्षण देखिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विदेशी नागरिकमा मंकीपक्स देखिएको बताए।

मन्त्रालयका अनुसार उनी काठमाडौंको एक अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत छन्। नेपालमा पहिलो पटक भेटिएको यो संक्रमण हालसम्म १११ देशमा पुष्टि भइसकेको छ।

अर्थोपोक्स भाइरस जेनस/पोक्सभिरडे फ्यामलीको मंकीपक्स भाइरसबाट एमपक्स रोगको संक्रमण हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्छ।

बिफरको उन्मूलनपछि सन् १९९० मा मध्यपूर्वी र पश्चिम अफ्रिकामा यसको संक्रमण देखिएको थियो। त्यसयता निरन्तर देखिइरहेको छ।
Untitled-16781686965838.jpg

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 17, 2023| 07:31 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्