आइतबार, असोज १८, २०८३

हँसिया प्रहार गरी स्याङजामा एक बालकको हत्या

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

स्याङ्जा- स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी- ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन्। 

शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। हत्याको कारण खुल्न सकेको छैन।

प्रकाशित: Jun 17, 2023| 07:21 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्