NadaNada
शुक्रबार, भदौ ६, २०८२

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

vianetvianet
Metro Mart

वालिङ- गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ।

बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११:४० मा मृत घोषणा गरेको थियो।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो। प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए।

प्रकाशित: Jun 17, 2023| 06:57 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्