आइतबार, वैशाख २७, २०८३

केमोथेरापी एन्टिबायोटिक औषधि हो, डराउनु पर्दैन : डा. शाही 

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

National life

काठमाडौं- क्यान्सरका बिरामीलाई गरिने केमोथेरापी अन्य बिरामीलाई दिइने एन्टिबायोटिक औषधिजस्तै भएको हुँदा बिरामीलाई नडराउन चिकित्सकले आग्रह गरेका छन्। 
स्वास्थ्य पत्रकार मञ्च नेपाल, देउराली फाउन्डेसन र एनआरएनको सहकार्यमा आयोजनामा गरिएको ‘क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरुण शाहीसँग पत्रकार अन्तरक्रिया’ कार्यक्रममा मेडिकल अंकोलोजिष्ट शाहीले यस्तो आग्रह गरेका हुन्।  उनले भने, 'केमोथेरापी भनेपछि बिरामी डराउने भन्दै केमोथेरापी भनेको एन्टिबायोटिक औषधि हो, डराउँनु पर्दैन।'
उनका अनुसार पहिला केमोथेरापी भनेपछि अस्पताल भर्ना नै हुनु पर्ने भनिन्थ्यो तर अहिले ९० प्रतिशत क्यान्सरका बिरामीले डे केयरमा आएर किमोथेरापी दिने गरेका छन्।
क्यान्सर रोग लागेको भागलाई शल्यक्रिया गरेर निकाल्ने, कोषनाशक औषधिको प्रयोगद्वारा केमोथेरापी दिएर उपचार गरिने, विकिरण भएको मेसिनद्वारा क्यान्सर कोशिकाहरू सेकी उपचार गर्ने विधि रेडियोथेरापीको प्रयागे गरेर तीन प्रकारले क्यान्सरको उपचार गरिने उनले जानकारी दिए।
क्यान्सरकाे सुरुवाती चरणमा शल्यक्रिया र रेडियोथेरापीको माध्येमबाट क्यान्सरको उपचार गर्न सकिने उनको भनाई छ। उनले भने, 'नेपाली समाजमा लाजको कारणले रोग लुकाउने गर्दा ढिलागरी क्यान्सरको रोग पत्ता लाग्ने हुँदा उपचारमा ढिलाइ हुने हुन्छ।'
नेपालमा दैनिक क्यान्सरका कारण ४० जनाको मृत्यु हुने चिकित्सकहरु बताएका छन्। नेपालमा पुरुषमा फोक्सो र पेटको क्यान्सरका कारण मृत्यु हुने गर्छ त्यसैगरी, महिलामा गर्भाशय र स्तन क्यान्सरका कारण बढी मृत्यु हुने गर्छ। फोक्सो, स्तन, पाठेघर, आन्द्रा, आमाशय, रगत तथा लिम्फ ग्रन्थि, कलेजो तथा पित्त थैली, मूत्र थैली, घाँटी तथा मुख छाला आदिमा क्यान्सर रोग लाग्ने गर्छ।
 

प्रकाशित: Jun 14, 2023| 20:06 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्