NadaNada
शुक्रबार, भदौ ६, २०८२

दैनिक तरकारीको जुस सेवन गर्नुका यस्ता छन् फाइदा

स्वास्थ्य विज्ञहरूका अनुसार दैनिक तरकारीको जुस पिउनाले आफूलाई ताजा र ऊर्जावान् राख्ने मात्र नभई धेरै प्रकारका रोगको जोखिम कम गर्न पनि निकै फाइदाजनक हुन्छ। 
 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

कोरोना संक्रमणले मानिसको स्वास्थ्यमा निकै नराम्रो प्रभाव परेको छ भने यसैबीच डेंगुको संक्रमणले समस्या झनै बढाएको छ। यी दुवै रोगहरूमा एउटा कुरा समान छ। त्यो हो कमजोर प्रतिरोधात्मक क्षमता। स्वास्थ्य विज्ञहरूका अनुसार कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा पनि कोरोना, डेंगु जस्ता अन्य सबै प्रकारका संक्रमण हुने सम्भावना बढी हुन्छ। 

चिकित्सकहरूका अनुसार आफ्नो खानपानमा केही चीजहरू समावेश गरेर सजिलैसँग रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ। तरकारीको जुस सेवन गर्दा यस्ता सबै खतराबाट बच्न सकिन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार दैनिक तरकारीको जुस पिउनाले आफूलाई ताजा र ऊर्जावान् राख्ने मात्र नभई धेरै प्रकारका रोगको जोखिम कम गर्न पनि निकै फाइदाजनक हुन्छ। 

तरकारीको जुसबाट हुने फाइदा
पोषणविद्हरूका अनुसार दैनिक सबै प्रकारका तरकारीको जुस सेवन गर्नाले शरीरका लागि आवश्यक पोषक तत्त्व सजिलै पूरा हुन सक्छ।

लौका, गाजर, चुकन्दर, करेला र पालक जस्ता तरकारीको जुस मिसाएर सेवन गर्नाले आन्द्रा सफा राख्छ, जसले पाचन सम्बन्धी समस्यालाई हटाउँछ। यसबाहेक यी सबै तरकारीलाई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोगी मानिन्छ।

Metro Mart

गाजर र चुकन्दरको जुस
पोषणविद्हरूका अनुसार जाडो मौसममा धेरै तरकारी तथा फलफूल उपलब्ध हुन्छन्। जसको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ।

चुकन्दर र गाजरको जुसको सेवनले शरीरमा आवश्यक पोषक तत्त्वको आपूर्ति हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। यसमा पाइने भिटामिन र पोषक तत्त्वले मुटु, मिर्गौला र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

गाजर र चुकन्दरको जुसको फाइदाहरू के हुन्?
गाजर र चुकन्दर दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन्। चुकन्दरमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ भने गाजरलाई भिटामिन ए र सीको राम्रो स्रोत मानिन्छ।

यसको जुस सेवन गर्नाले आँखाको ज्योति बढ्छ साथै यसमा पाइने एन्टिअक्सिडेन्टले प्रतिरक्षा कोशिकालाई फ्री रेडिकलले हुने क्षतिबाट बचाउँछ। जाडोमा यस प्रकारको जुस सेवन गर्नु निकै फाइदाजनक मानिन्छ।

यी तरकारीको जुस पनि फाइदाजनक हुन्छ
तरकारीको जुसको लागि लौका, पालक, अमला, अदुवा जस्ता चीजहरू पनि समावेश गर्न सकिन्छ। अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ भने लौकामा पाइने पोषक तत्त्व पेट र छालाका लागि निकै फाइदाजनक मानिन्छ। रसको स्वाद बढाउन नुन र कालो मरीच पनि आवश्यकता अनुसार हाल्न सकिन्छ।

-अमरउजालाबाट

प्रकाशित: Jun 14, 2023| 06:11 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्